काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व भएको बताएका छन्।
पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मानवीय क्षति भएकोमा उनले दु:ख व्यक्त गरे। साथै, विगतमा सडक यात्रा सुरक्षित बनाउने विषयमा गम्भीर चासो र चिन्ता नलिइएको भन्दै असन्तुष्टि पनि जनाए।
उनले भने, सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो। तर, यसतर्फ विगतमा गम्भीर चासो र चिन्ता लिइएन। दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान, दोषीमाथि कारबाही र भविष्यमा दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्थ्यो, तर हुन सकेन।
सभापति लामिछानेले सुरक्षित सडक, जिम्मेवार चालक, कडाइका साथ लागू हुने नियम र प्रभावकारी अनुगमन नै दुर्घटना रोक्ने आधार रहेको बताए। उनले यस विषयमा आफूहरू गम्भीर र जिम्मेवार रहने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया