काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदान बुथको सुरक्षा सुनिश्चित गर्न कम्तीमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमबार झापामा आयोजना गरिएको पार्टीको कोशी प्रदेश स्तरीय भेलामा अध्यक्ष ओलीले आसन्न निर्वाचनलाई ध्यानमा राख्दै हरेक बुथमा स्वयंसेवक परिचालन आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई सचेत बनाएका हुन्।

advertisement

उनीले मत सुरक्षा सुनिश्चित गर्न गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समितिहरू निर्माण गर्न पनि पार्टीका नेता र कार्यकर्तालाई अपिल गरे। यसैक्रममा, स्थानीय तहमा गठन भएका भोटेन्टियर्स फोर्सहरूले पार्टीको निर्णय र निर्देशनअनुसार काम गर्ने भएकाले उनीहरूको परिचालनमा आवश्यक वातावरण सिर्जना गर्नुपर्ने पनि उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, ‘गाउँगाउँमा, टोल–टोलमा सुरक्षा समितिहरू बनाउनुहोस् र नेशनल भोलेन्टियर्स फोर्स निर्माणमा पार्टीलाई सहयोग गर्नुहोस्। स्थानीय पार्टीले आफ्नो ढंगले जनसंगठन चलाउन सक्छ, तर भोलेन्टियर्स फोर्सले स्थानीय निर्णय र निर्देशनसँग टकराएर काम गर्दैन। प्रत्येक बुथमा कम्तीमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न आवश्यक छ। यसलाई ध्यानमा राखेर तयारी अगाडि बढाउनुपर्छ।’

अध्यक्ष ओलीले देशको सुरक्षामा सहयोग पुर्‍याउन र निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गर्नुपरेको स्पष्ट पारे।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com