काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न सबै शक्तिहरू जिम्मेवार हुनुपर्ने बताएका छन्।

नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरूले विशेष ख्याल गर्नुपर्ने बताए। उनले राज्य संयन्त्रमा मात्रै भर पर्न नहुने उल्लेख गर्दै जनशक्तिको महत्व बुझ्न र अधिकारका लागि सचेत हुन आवश्यक रहेको बताए।

advertisement

उनले भने, “नेकपा एमाले देशमा शान्ति चाहन्छ। एमालेले देश पहिले भन्छ। देशमा सुशासन र विकासका लागि लोकतान्त्रिक प्रणाली र त्यसअन्तर्गतका प्रयासहरू अगाडि बढाउनुपर्छ। राज्य संयन्त्रमाथि मात्रै जनता, देशभक्त शक्ति, लोकतान्त्रिक शक्ति वा प्रगतिवादी शक्ति भर परे भने जनशक्तिको अर्थ बुझिँदैन। अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा नबुझिए अधिकार सुरक्षित हुन सक्दैन।

अध्यक्ष ओलीले नेकपा एमाले शान्ति र राष्ट्रिय हितलाई प्राथमिकता दिने पार्टी भएको बताए। विगतका हिंसात्मक घटनाहरू स्मरण गर्दै उनले घर, कार्यालय, संसद भवन र सर्वोच्च अदालतमा आक्रमण भएको उल्लेख गरे।

उनले भने, हाम्रा घर, कार्यालय, संसद र सर्वोच्च अदालत जले। सिंहदरबारमा आक्रमण भयो। नगरपालिका, गाउँपालिका, उद्योग र रोजगारीका अवसरहरू नष्ट भए। अब हामी कसैलाई पनि यस्तो अनुमति दिने छैनौं। सर्वोच्च अदालत, प्रहरी कार्यालय वा सिंहदरबारमा आक्रमण गर्न दिइने छैन।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com