काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान भएको बस दुर्घटनामा च्यापिएका एक जनालाई करिब साढे तीन घण्टापछि जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेपछि २७ वर्षीय कृष्णराज मानन्धर बसभित्रै च्यापिएका थिए। धादिङका प्रहरी प्रमुख सुमित खड्काका अनुसार सुरक्षाकर्मीले विशेष उपकरण प्रयोग गरी बसको भाग काटेर उनलाई बाहिर निकालेका हुन्।

advertisement

ललितपुरको इमाडोल निवासी मानन्धरको खुट्टा बसमा च्यापिएको अवस्थामा भेटिएको थियो। उद्धारपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याई ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

यसै दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको जनाएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com