दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको मौका पारेर जनतामा जाँदा आफ्नो पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्ने मौका मिलेको टिप्पणी गरेका छन् । दाङ-२ मा उम्मेदवार रहेका महासचिव पोखरेलले सोमबार मतदाता भेटघाटका क्रममा चुनावले भ्रम चिर्ने अवसर प्रदान गरेको बताएका हुन् ।

‘मत माग्न आउँदा संघ, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वमा रहँदा गरेका कामको बारेमा जानकारी गराउने र एमालेमाथि फैलाइएका गलत खालका भ्रम चिर्ने काम भएको छ,’ महासचिव पोखरेलले भने ।

advertisement

मतदाता भेटघाटका क्रममा घोराही उपमहानगरपालिका–६ को लालीगुराँस टोलमा पुग्दा पोखरेलले त्यहाँ निर्माण सुरु भएको सडक र सिँचाइको योजनाको निरीक्षणसमेत गरेका थिए । स्थानीयबासीले सो कामका लागि धन्यवाद दिँदै सडक ग्राभेल र कर्ल्भट निर्माण गर्न माग राखेका थिए ।

महासचिव पोखरेलले प्रचारका क्रममा स्थानीयले चुनावका बेला गरिएका बाचाहरू पूरा भएको दाबी गर्दै तिनै विकासका काम हेरेर मत दिन मतदातासँग आग्रह गरेका थिए ।

पोखरेलले बस्तीबस्ती, विभिन्न जातीय समुदाय, धार्मिक संस्था, किसानका घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

  • रासस

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com