काठमाडौं । पर्सामा जारी कर्फ्यु आदेश हटाउँदै प्रशासनले निषेधाज्ञा लागू गरेको छ। सोमबार बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपराह्न ४ः३० बजेदेखि कर्फ्यु हटाइएको हो।

यद्यपि अवस्था पूर्ण रूपमा सामान्य नभएकाले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। उक्त अवधिमा कुनै प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

advertisement

आइतबार साँझ हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि भोला दाहालले कर्फ्यु आदेश जारी गरेका थिए।

प्रशासनले निषेधाज्ञा लागू गरिएको क्षेत्रभित्र शान्ति–सुरक्षा कायम राख्न सबैलाई संयमित रहन आग्रह गरेको छ।

निषेधाज्ञा लगाइएको क्षेत्र 

पूर्वः बाईपास रोड
पश्चिम रानीघाट पुल
उत्तरःपावरहाउस चोक
दक्षिणः घण्टाघर चोक

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com