काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी छन्।

नमूना महिला सञ्जाल गोदावरीले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उनले ललितपुर क्षेत्र नं १ मा धेरै उम्मेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गरिन्।

advertisement

उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेको उम्मेदवार उदयशम्शेर राणा दाग नलागेको, भ्रष्टाचारविरोधी र इमान्दार रहेको दाबी गरिन्। उनले राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने भन्दै उनको विजय नै यस क्षेत्रको विकासको आधार भएको उल्लेख गरिन्।

कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उपसभापति भुसालले राणाको जितले यस कार्यमा बल पुग्ने धारणा राखिन्।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com