काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर-६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले नेपाली कांग्रेसको जितले मात्रै देशको धर्म र संस्कृति जोगिने दाबी गरेका छन्।

मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित चुनावी घरदैलो तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धर्म, संस्कृति, संस्कार र सभ्यतामाथि भइरहेका प्रहार रोक्न आसन्न निर्वाचनमा कांग्रेसको जित अपरिहार्य रहेको बताएका हुन्।

advertisement

सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था जीवित रहे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने उनको धारणा छ। ‘हाम्रो धर्म र संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेको छ। यसलाई समयमै रोक्न नसके देशको राष्ट्रियता नै धराशायी हुन सक्छ,’ कोइरालाले भने।

उनले नेपाल बहुजातीय र बहुभाषिक मुलुक भएकाले यहाँका हरेक जातजातिको आफ्नो छुट्टै मौलिकता, धर्म र परम्पराको विशिष्ट महत्त्व रहेको उल्लेख गरे।

उम्मेदवार कोइरालाले यिनै मौलिकता र सभ्यताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउनका लागि अहिलेको निर्वाचन अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै मतदातासँग कांग्रेसको पक्षमा मतदान गर्न अपिल समेत गरेका छन्।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com