काठमाडौ । आसन्न निर्वाचनको सुरक्षा कार्यमा खटिएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ। मृतक हुन् बैतडी, मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार, भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए। ड्युटी सकेर घर फर्केपछि उनी एक्कासी बेहोस भएका थिए। बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो, जहाँ चिकित्सकले गएराति नै मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान जारी छ।

advertisement

यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि मृत्यु भएको थियो। उनी खाना खान घर गएको समयमा अचेत अवस्थामा फेला परेका थिए र उपचारका लागि जिल्ला अस्पताल पुर्याउँदा मृत घोषित भएका थिए।

यस्तै, माघको तेस्रो साता दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको थियो।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com