काठमाडौ । सोमबार राति मकवानपुरको बागमती–८, तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
प्र३–०२-००५ प १००८ नम्बरको मोटरसाइकल नालामा खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बकैया–८, शिखरपुरका ४० वर्षीय प्रेमबहादुर गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले राति ९:५० बजे मृत घोषित गरेका छन्।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया