काठमाडाैं। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का करिब चार दर्जन नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
पार्टीले आधिकारिक उम्मेदवारका रूपमा अघि सारेका मेटमणि चौधरी लाई समर्थन नगरी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि उनीहरूले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरूले स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम) लाई समर्थन गर्ने घोषणा गरेका छन् । केसी नेकपाका बागी उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वमाओवादी खेमासम्बद्ध नेता–कार्यकर्ताहरूले देउखुरीको मौरीघाटमा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । उनीहरूले पार्टी नेतृत्वले एकपक्षीय ढंगले कारबाही गरेको आरोप लगाउँदै अब स्वतन्त्र उम्मेदवार केसीलाई जिताउन सक्रिय रूपमा लाग्ने बताएका छन् ।
दाङ–१ मा यस घटनाले चुनावी समीकरणमा नयाँ मोड ल्याएको विश्लेषण गरिएको छ ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया