काठमाडाैं। रोल्पामा मंगलबार बिहान भएको जिप दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय होलेरीका वरिष्ठ सई ताराबहादुर छहरीका अनुसार अन्दाजी ४५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

advertisement

दाङको घोराहीबाट शहिद मार्ग हुँदै होलेरीतर्फ जाँदै गरेको लु १ ज ४८५४ नम्बरको जिप बिहान करिब सवा ९ बजे रून्टीगढी गाउँपालिका–५ खुम्बासमा दुर्घटनामा परेको थियो । जिप करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनास्थल दाङ र रोल्पाको सिमानामा पर्छ । घाइते सबैलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com