काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर- १ मा उम्मेदवार रञ्जु दर्शनाले आज छोरालाई जन्म दिएकी छिन् ।
प्रसूतिका लागि उनी काठमाडौंको बानेश्वरस्थित निजामती अस्पताल भर्ना भएकी थिइन्। उनी अस्पतालमा भए पनि चुनाव प्रचारप्रसार मतदातासँग भोट माग्ने काम रोकिएको छैन। काठमाडौं १ का रास्वपा कार्यकर्ता पुरुषोत्तम भट्टराईले चुनावी अभियान जारी रहेको बताए ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया