काठमाडाैं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफूलाई सङ्घीय संसद्बाट हटाइए पनि जनताको मनबाट हटाउन नसकिएको दाबी गरेका छन् ।

झापा–२ मा आयोजित कार्यक्रममा उनले जनताको आदेशभन्दा ‘बा’को आदेश ठूलो भएको टिप्पणी गर्दै दुई घण्टामै सूचना टाँसेर आफूलाई संसद्बाट हटाइएको आरोप लगाए । “सङ्घीय संसद् भित्रबाट निकाल्नुभयो, तर जनताको मनबाट निकाल्न सक्नुभएन,” उनले भने ।

advertisement

लामिछानेले दलको आदेशलाई सर्वोपरी मानेर जनताको आवाज सदनबाट बन्द गरिएको आरोप लगाउँदै यस्ता व्यक्तिहरू आज कुन अनुहार लिएर भोट माग्दै हिँडिरहेका छन् भनी प्रश्न गरे ।

भिजिट भिसा प्रकरणको छानबिन माग गर्दै रास्वपाका २१ सांसदलाई सदनबाट निकालिएको दाबी गर्दै उनले संसद् नियमावलीअनुसार थुनामा नरहेको व्यक्तिको सांसद पद निलम्बन नहुने व्यवस्था रहेको उल्लेख गरे ।

सभापति लामिछानेले आफू पूर्वउपसभामुख इन्दिरा राना मगर को पक्षमा उभिएको बताउँदै गर्वका साथ समर्थन गरेको उल्लेख गरे ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com