काठमाडाैं।  नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) बाट कैलाली–५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी ले आफ्नो पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

चौधरीले आफूले उठाएका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्द का मुद्दा मेल खाएको बताउँदै पार्टीमा समाहित भएको बताएका छन्। मेरो एजेन्डा सुशासन, समावेशिता र विकास थियो, जुन रास्वपाका उम्मेदवारको पनि हो। परिवर्तनका लागि हामी एक ठाउँमा आउन जरुरी ठानेर उम्मेदवारी स्थगित गरेको हुँ, उनले भने।

advertisement

रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी र जशु भट्ट तथा उम्मेदवार चन्दले चौधरीलाई पार्टीमा स्वागत गरेका थिए।

उम्मेदवार चन्दले चौधरीजस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताएका छन्। चौधरी गत निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए र त्यतिबेला पाँच हजारभन्दा बढी मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com