काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत धारणा राखेका उनले देश विकासका १० भिजनसहितका एजेण्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् ।

advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुरु गरिएको चुपचाप मतदानको विषयतर्फ शंकेत गर्दै महामन्त्री पौडेलले भनेका छन्, लोकतन्त्रमा कुनै पनि विषयमा प्रष्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ ।

उनले नेपाली कांग्रेस देशको अबको मार्गचित्रबारे प्रष्ट छ । देश निर्माणका १० भिजनबारे बहस गर्न आफूहरु खुला रहेको भन्दै यसमा आफूहरुले गर्व समेत गर्ने बताए ।

महामन्त्री पौडेलले लेखेका छन्, त्यसैले, ‘अब चुपचाप हैन फागुन २१ गते गर्वका साथ रुखमा छाप।’

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com