काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन्।
त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान प्रक्रिया सम्पन्न नभएसम्म एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल, विद्युत् सेवा तथा कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका र अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिएका छन्।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया