काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आयोजना गरेको प्रादेशिक आमसभालाई लक्षित गर्दै सहकारी पीडित र एमसीसीबारे प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सभामा सहकारी पीडितका विषयमा के धारणा राखियो भनी प्रश्न गरेका छन्। उनले १४ जिल्लाबाट कार्यकर्ता उतारिएको सभामा ‘नो एमसीसी’ भन्न सकियो कि नसकियो र ७४ लाख सहकारी पीडितका समस्याबारे चर्चा भयो कि भएन भन्ने जिज्ञासा व्यक्त गरेका छन्।

advertisement

त्यसैगरी, रास्वपाको सभाले सिंहदरबार जलाउने घटनाको औचित्य पुष्टि गरेको हो कि होइन भन्दै पनि उनले प्रश्न गरेका छन्। किसानलाई ‘फोहोर’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मजदुर र सुकुम्वासीका विषयमा पार्टीको योजना के हो भन्ने स्पष्ट पार्न माग गरेका छन्।

उक्त सभामा बालेन्द्र शाहले धरानको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सप्तकोशी नदीबाट पानी लिफ्टिङ गरेर धरान पुर्‍याउने योजना रहेको र त्यसका लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने बताएका थिए। साथै, हालको सरकारले जनप्रतिनिधिको पहुँच र कामको प्रभावकारिताबारे पनि प्रश्न उठाएका थिए।

रास्वपाले सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय आमसभा आयोजना गरेको थियो।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com