काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। अन्य पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी क्षेत्रको मौसम सफा छ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो तराई क्षेत्रका केही स्थानमा बिहान तुहुरो (हुस्सु) लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै अन्य प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल रहनेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति तराई क्षेत्रका केही स्थानमा तुँवालो लाग्नेछ। गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्र तथा अन्य प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल रहनेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
महाशाखाले हुस्सु, तुँवालो, हिमपात र वर्षा हुने क्षेत्रका बासिन्दा तथा त्यहाँ यातायात सञ्चालन गर्नेहरूलाई दैनिक गतिविधि गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया