काठमाडौ ।सभा कास्कीले आयोजना गरेको हो। कास्की गण्डकी प्रदेशको राजधानी जिल्ला भएकाले सबै क्षेत्रका उम्मेदवारहरू सो दिन पोखरा आउने सभापति किशोरदत्त बरालले बताए। उनले सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

व्यवस्थापन समिति संयोजक दीपक गुरुङ (माइला)का अनुसार आमसभामा करिब १५ हजार सहभागी हुने अपेक्षा गरिएको छ। उनका अनुसार गाउँगाउँबाट करिब १ सय वटा गाडी आमसभामा आउनेछन् भने अमरसिंह चौरमा मञ्च निर्माणको काम भइरहेको छ।

advertisement

सभापति बरालका अनुसार नेपाली कांग्रेसले विधि र संस्थागत प्रणालीलाई प्राथमिकता दिँदै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएको छ। उनले बदलिएर आएको कांग्रेसले नारामा मात्र सीमित नभई परिणाममुखी कार्ययोजना र स्पष्ट दृष्टिकोण जनतासामु प्रस्तुत गर्ने बताए। साथै देश परिवर्तनको अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने दृढ संकल्प रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com