काठमाडौ । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा दुई जना घाइते भएका छन्। चुनाव प्रचारका लागि घरदैलो अभियानमा रहेका बेला डिलासैनी गाउँपालिका–७ को लेक टोलमा दुवै पक्षबीच विवाद हुँदा झडप भएको हो।

प्रहरीका अनुसार झडपमा एमाले निकट दुई जना कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी–७ निवासी युवा संघका जिल्ला सदस्य जनक धामी र सोही स्थानका माधव धामी रहेका छन्।

advertisement

घाइते दुवै जनाको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com