कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

उनले नेकपाकी उम्मेदवार बिना मगरलाई चुनावी सहयोग गर्ने घोषणा गरेका छन् । शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित कुल ५४ जना नेता तथा कार्यकर्ता पनि नेकपामा समाहित भएका छन् । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्य थिए ।

advertisement

गत १० फागुनमा बेलौरीमा आयोजित पत्रकार सम्मेलनमार्फत चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले मात्र तीन दिनपछि नै पार्टी छोडेर नेकपा रोजेका हुन् । यो घटनालाई नेकपाले क्षेत्रमा आफ्नो संगठन विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

प्रलोपा हालै गठन भएको नयाँ दल हो, जसमा विभिन्न वामपन्थी समूहहरू समाहित छन् । शाहीको यो निर्णयले कञ्चनपुर–१ मा चुनावी समीकरणमा प्रभाव पार्ने देखिएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com