काठमाडाैं । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमला ले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनमा होमिएको दाबी गरेका छन्।

बिहीबार चन्द्रनिगाहपुरमा आयोजित स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको बताए। उनका अनुसार वर्तमान प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका अगुवाहरूले आफूलाई मन्त्री बन्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए।

advertisement

“मन्त्री पद मेरो लागि ठूलो कुरा होइन, म सत्ताका लागि होइन, जनताको अवस्था बदल्न राजनीतिमा आएको हुँ,” धमलाले भने। आफूलाई शक्ति र पदको कुनै लालसा नरहेको र विकासका लागि रौतहट आएको उनले बताए।

रौतहटको गरिबी र अशिक्षा हटाउन सक्रिय भूमिका खेल्ने तथा देशलाई नयाँ दिशा दिने उनको दाबी छ। बिहानदेखि मध्यरातसम्म जनताको घरदैलोमा पुगेर समस्या सुन्दै आएको उनले उल्लेख गरे।

धमला आम जनता पार्टी बाट ‘मोबाइल फोन’ चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका छन्। पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका उनको उम्मेदवारीसँगै रौतहट–४ को चुनावी माहोल रोचक बनेको छ।

विजयी भए रौतहटलाई नमुना जिल्ला बनाउने र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com