काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि पाँच वर्षमा गर्ने कामबारे सबै राजनीतिक दलसँग खुला बहस गर्न आफू तयार रहेको बताएका छन्।

कर्णालीको सुर्खेतमा बिहीबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई मुलुकको विकासका एजेन्डामा एउटै मञ्चमा उभिएर बहस गर्न निम्ता दिएको बताए।

advertisement

मुलुकको विकासबारे एउटै मञ्चमा उभिएर कुरा गरौँ। म नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँग प्रस्ताव गर्छु, उनले भने, तर उहाँहरू तयार हुनुभएको छैन।

सभापति थापाले कांग्रेसले अरू दलले देश बिगारे भनेर दोषारोपण नगर्ने स्पष्ट पार्दै आफ्नै योजना र दृष्टिकोणका आधारमा मत मागिरहेको बताए। उनले कर्णालीबासीलाई २०८२ देखि २०८७ सम्म कांग्रेसलाई अवसर दिन आग्रह गर्दै उक्त अवधि ‘स्वर्णिम काल’ बनाउने दाबी गरे।

०८२ देखि ०८७ सम्म कांग्रेसलाई मौका दिनुस्। मौका दिनुभयो भने स्वर्णिम काल बनाउँछौँ। नेपाललाई पाँच वर्षमा सुधार्छौँ, उनले भने।

थापाले कांग्रेसले स्पष्ट लक्ष्य र कार्ययोजनासहित चुनावमा होमिएको उल्लेख गर्दै जनताले विश्वास गरेमा ती लक्ष्य पूरा गरेर देखाउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com