काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ मा रेनु दाहाललाई जिताउनका लागि कुनै पहल नगरिएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले रेनुलाई जिताउन लागेको हल्लालाई खारेज गरेका हुन् ।

‘चितवन–३ मा रेनु दाहाललाई जिताउन लागेको कुरा बिल्कुल सही होइन । त्यस्तो आरोपको म खारेज गर्न चाहन्छु । मैले कुनै पनि वक्तव्य जारी गरेको छैन । तालमेलको लागि कुनै पहल गरेको पनि छैन । यद्यपि रेनुले ९ वर्ष गरेको मेहनतको आधारमा चुनाव जित्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसो भएन भने ममाथि र रेनुमाथि नै अन्याय हुन्छ जस्तो लाग्छ’, उनले भने ।

advertisement

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com