काठमाडौ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको सुमो गाडी बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा पर्दा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन्। उनीहरूको टाउको र छातीमा चोट लागेकाले काठमाडौं पठाएर उपचार भइरहेको छ।
यसै दुर्घटनामा घाइते भएका इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला तामाङ र टेकबहादुर विष्टको भने जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।
बा.प्र.०३–००१ ज ७७७ नम्बरको सुमो शिवपुरी–५ कुखुरेको ओरालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक दुप्चेश्वर गाउँपालिका–४ का आइत लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया