काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेन–जी घटनासम्बन्धी बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्रीप्रति टिप्पणी गरेका छन्। उनले उक्त डकुमेन्ट्रीलाई सामान्य सञ्चार सामग्री नभई भूराजनीतिक चलखेलको संकेत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले चुनावको मुखमा यस्तो सामग्री सार्वजनिक हुनु गम्भीर विषय भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “चुनावको संवेदनशील समयमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।”

advertisement

उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे। साथै, चुनावको महत्वपूर्ण समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग हो वा नियोजित हस्तक्षेप भन्ने प्रश्नसमेत उठाएका छन्।

पोखरेलले आफ्नो भनाइमा लोकतन्त्र र राष्ट्रिय हितप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्। उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्ने, नेपालको सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको, सूचना स्वतन्त्र भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने बताएका छन्।

उनले भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन र तथ्य जाँचेर राष्ट्रिय हितको पक्षमा उभिन पनि सबैलाई आह्वान गरेका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com