काठमाडौँ । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको झटका महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला नजिक रहेको बताइएको छ। यसको प्रभावले सङ्खुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो।

advertisement

जिल्लाका सुरक्षा अधिकारीहरूले प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त नभएको जानकारी दिएका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com