काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी मुल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया