काठमाडौं । नेपाली कांग्रेस ले आज तीन स्थानमा विशेष चुनावी सभाको आयोजना गर्ने भएको छ । उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने जनाइएको छ ।

कांग्रेसले बुटवल (रुपन्देही), बागलुङ र पोखरा (कास्की) मा आयोजना गर्ने चुनावी सभामा सभापति थापासहितका पदाधिकारीहरू सहभागी हुने बताइएको हो ।

advertisement

पार्टीका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ । दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा तय गरिएको छ ।

ती सभामा नेताहरूले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नेछन् । साथै, ठूलो संख्यामा अन्य दलबाट पार्टी प्रवेश गराउने कार्यक्रमसमेत रहेको बताइएको छ ।

यसअघि सभापति थापाले सुर्खेत र बाँके मा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । सुर्खेतमा उपसभापति पुष्पा भुषाल गौतम सहभागी थिइन् भने उपसभापति शर्मा हिजो नवलपरासी पश्चिम मा रहेका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com