काठमाडौं । नेपाली कांग्रेस खोटाङका संगठन विभाग प्रमुख विष्णुराज राई श्रम संस्कृति पार्टी मा प्रवेश गरेका छन् ।
२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका कारण उनी पाँच वर्ष निष्कासनमा परेका थिए । त्यसपछि पुनः सक्रिय राजनीतिमा फर्किएका विष्णुराजले अन्ततः श्रम संस्कृति पार्टी रोजेको जनाइएको छ ।
यसअघि कोशी नाम खारेज गरी ‘किरात प्रदेश’ नामाकरण गर्न आह्वान गरिएको आन्दोलनका क्रममा उनी ‘निर्मल किरात फोर्स’का खोटाङ संयोजकसमेत बनेका थिए ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया