एजेन्सी । उत्तर कोरियाली शासक  किम जोङ–उन ले दक्षिण कोरियाप्रति कडा चेतावनी दिएका छन्। उनले आफ्नो देशको सार्वभौमिकता र सुरक्षामा खतरा उत्पन्न भए दक्षिण कोरिया लाई ‘पूर्ण रूपमा ध्वस्त पार्न सक्ने’ दाबी गरेका हुन्।

राजधानी प्योङयाङमा सात दिनसम्म चलेको वर्कर्स पार्टी अफ कोरिया को कांग्रेस समापन समारोहमा सम्बोधन गर्दै किमले आगामी पाँच वर्षका लागि परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउने योजना सार्वजनिक गरे।

advertisement

उनका अनुसार पानीमुनिबाट प्रहार गर्न सकिने अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (ICBM), सामरिक परमाणु हतियारको दायरा विस्तार, परमाणु–सञ्चालित पनडुब्बी, कृत्रिम बुद्धिमत्तायुक्त ड्रोन तथा उन्नत उपग्रह प्रविधिको विकासलाई प्राथमिकता दिइनेछ।

किमले दक्षिण कोरियालाई ‘स्थायी शत्रु’ को संज्ञा दिँदै तत्काल वार्ताको कुनै सम्भावना नरहेको स्पष्ट पारे। यद्यपि, संयुक्त राज्य अमेरिका ले प्रतिबन्ध र दबाबको नीति त्यागे संवादको ढोका खुला हुन सक्ने संकेत पनि उनले दिएका छन्।

कांग्रेस समापनपछि राजधानीमा भव्य सैन्य परेड आयोजना गरिएको थियो। उक्त समारोहमा किम आफ्नी छोरीसँग सार्वजनिक रूपमा देखिएका थिए। तर, परेडमा अमेरिकासम्म प्रहार गर्न सक्ने ठूला अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरू भने प्रदर्शन गरिएको थिएन।

विश्लेषकहरूका अनुसार किम एकातिर आफ्नो परमाणु कार्यक्रमलाई सुदृढ बनाउँदै छन् भने अर्कोतर्फ भविष्यमा अमेरिकासँग सम्भावित वार्ताका विकल्पहरू खुला राख्ने रणनीतिमा पनि देखिएका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com