काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले मुलुकको वर्तमान अवस्था हेटौँडा सिमेन्ट उद्योगसँग तुलना गरेका छन्।
उनले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ। उद्योग र स्रोत साधन दुवै छ, तर बन्द छ। यसलाई चलाउनुपर्छ।’
त्यस्तै, नेता शाहले चितवनलाई देशको पर्यटन प्रवर्द्धनमा उदाहरणीय बनाउँदै विश्वलाई पर्यटनमा सिकाउने भूमिका खेल्नुपर्ने बताए। ‘चितवनले देशलाई टुरिजम प्रमोसन सिकाउने स्तरको बन्नुपर्छ। तर विश्वलाई मात्र होइन, हामीले पनि सिक्नुपर्छ,’ उनले थपे।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया