पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाएर विरोध गरिएको छ।

शुक्रबार दमौलीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्न पुगेका लामिछानेविरुद्ध उज्यालो नेपाल पार्टीका कार्यकर्ताले मुख्य सडकमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन्।

advertisement

कालो झण्डा प्रदर्शन गर्नुको कारण भने खुलेको छैन। सो क्षेत्रमा उज्यालो नेपाल पार्टीका उम्मेदवार मञ्जिल रानाले उक्त विरोध कार्यक्रम पार्टीको आधिकारिक निर्णय नभएको बताएका छन्।

प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेपछि केहीबेर धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच, विरोध प्रदर्शनमा सहभागी महिला कार्यकर्तामाथि प्रहरीले हातपात गरेको आरोप लगाउँदै उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरू दमौलीको मुख्य चोकस्थित जेब्रा क्रसिङमै धर्नामा बसेका थिए।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com