काठमाडौं । संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेका ९५ जना नेपाली नागरिक शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं आइपुगेका छन्।

चार्टर विमानमार्फत पठाइएका उनीहरू फागुन १६ गते बिहान करिब ८ बजे काठमाडौं अवतरण गरेका हुन्। विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारी का अनुसार एकैपटक यति ठूलो संख्यामा नेपालीलाई अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलो घटना हो।

advertisement

यसअघि गत माघ ५ गते अमेरिकाले ९१ जना नेपालीलाई एकैदिन डिपोर्ट गरेको थियो। त्यस्तै पुस ३ गते ७५ जना तथा भदौ १९ गते ३७ जना नेपालीलाई पनि डिपोर्ट गरी नेपाल पठाइएको थियो।

 

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com