संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ र २ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको छ। पुल मकालु–५ स्थित नुम र वडा नं. २ को सेदुवा जोड्ने मार्गमा निर्माण गरिएको थियो।

शनिबार बिहान करिब ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनाली ले जानकारी दिए।

advertisement

पुल भाँचिँदा प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक अरुण नदीमा खसेको छ। यस दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारका लागि नुम चाकल स्वास्थ्य केन्द्र पुर्‍याइएपछि काठमाडौं लैजाने तयारी भइरहेको छ।

ट्रक कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको थियो। पुल भत्किएसँगै नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ र आवतजावत ठप्प भएको छ।

पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा प्रत्यक्ष असर परेको छ। जिल्ला प्रहरी कार्यालयले पुल मर्मत र वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com