काठमाडौं। हिजो शुक्रबार र आज शनिबार देशका विभिन्न भागमा गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषध तथा नशालु औषधिसहित ११ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेलधुरा र कैलालीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । अभियुक्तहरूबाट चिकित्सकको सिफारिसबिना प्रयोग हुने विभिन्न प्रकारका नशालु औषधि तथा खैरो हेरोइन बरामद गरिएको छ ।
यसैबीच, गस्तीमा खटिएको प्रहरीले गोरखा, ताप्लेजुङ र कपिलवस्तुमा तीन जनाको शव फेला पारेको छ । शवहरूको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषध नियन्त्रण तथा अपराध अनुसन्धानलाई तीव्र बनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया