काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले रोल्पामा आफ्नो पार्टीको विजय सुनिश्चित भइसकेको दाबी गरेका छन्। आज (शनिबार) रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले निर्वाचनमार्फत देशको सबैभन्दा ठुलो र निर्णायक पार्टी पनि नेकपा बन्ने दाबी गरे ।

पुनले भने–‘हामी वैचारिक प्रतिस्पर्धा गर्न चाहन्छौँ । लोकतान्त्रिक मूल्य मान्यतामा उभिएर शान्तिपूर्ण ढङ्गले सहकार्य गरेका छौँ । जनताको बिचमा जान पाउनु १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट हासिल भएको लोकतान्त्रिक अधिकार हो ।’ सो क्रममा उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको १८ महिनाको कार्यकालमा भ्रष्टाचारका ठूला फाईल खोल्दा सरकार नै ढालिएको बताए ।

advertisement

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com