काठमाडौं । इरानमा हालै भएका आक्रमणहरूमा आयतोल्लाह अली खामेनी सहित करिब ४० जना उच्च तहका इरानी अधिकारी मारिएको दाबी गरिएको छ। बीबीसीको सञ्चार साझेदार सिबिएस न्युजले गुप्तचर तथा सैन्य स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी सार्वजनिक गरेको हो।

सिबिएसका अनुसार मृत्यु हुनेमध्ये इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका कमाण्डरहरू र इरानका रक्षा मन्त्री समेत रहेका छन्। ती अधिकारीहरू एउटै स्थानमा भएको आक्रमणमा मारिएका हुन् वा फरक–फरक स्थानमा भएका छुट्टाछुट्टै आक्रमणको शिकार भएका हुन् भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

advertisement

खामेनीको मृत्यु भएको दाबी विश्वभर तीव्र रूपमा फैलिएको भए पनि इरान सरकारले यसबारे आधिकारिक पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यम र अधिकारीहरूले यस्ता समाचारलाई यसअघि ‘शत्रुको मनोवैज्ञानिक प्रचार’ भन्दै अस्वीकार गर्दै आएका छन्, जबकि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने आफ्ना स्रोतका आधारमा खामेनीको मृत्यु भएको दाबी गरेका छन्।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com