काठमाडौँ । केपी शर्मा ओलीले नेपालमा कुनै पनि बहानामा मिसाइलको धुँवा प्रवेश हुन नदिनुपर्ने बताएका छन्। मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो कामना गरेका हुन्।
मध्यपूर्वका विभिन्न देशमा लाखौँ नेपाली आपतकालीन र तनावपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ती नेपालीका परिवारहरू नेपालमा निरन्तर चिन्तित र व्याकुल भइरहेको बताएका छन्। “मध्यपूर्वी देशहरूको आकाशबाट खसेका मिसाइलको धुवाँको दृश्यले आज निद्रा हराएको छ। ती देशहरूमा रहेका लाखौँ नेपाली आपत र कोलाहलमा छन्,” उनले लेखेका छन्, “उनीहरूका परिवार यहाँ पलपल चिन्तामा बसिरहेका छन्।”
खुला विश्वमा अवसरको खोजीमा मानिसहरू संसारभर आवतजावत गर्नु स्वाभाविक भएको उनले बताएका छन्। तर युद्ध र भूराजनीतिक तनाव भने अस्वाभाविक र खतरनाक रहेको उनको भनाइ छ। “ती देशहरू पनि युद्ध चाहँदैनथे, तर शक्तिको स्वार्थले गर्दा यस्तो अवस्था सिर्जना भएको हो,” उनले उल्लेख गरेका छन्।
नेपालले अहिलेसम्म सौभाग्यवश मिसाइल आक्रमणको प्रभाव भोग्नु नपरेको भन्दै उनले सबैलाई सजग र धैर्यवान रहन आग्रह गरेका छन्।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया