काठमाडौं । अमेरिकी सेनाको मध्यपूर्व कमाण्ड (सेन्टकम)ले इरानमाथि आफ्नो निर्णायक कारबाही अझै जारी रहेको जानकारी दिएको छ।
सेन्टकमले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेको छ, “इरानी शासनलाई चेतावनी दिइसकिएको छ, र अब निर्देशनअनुसार द्रुत तथा निर्णायक कारबाही जारी छ।”
यस सैन्य अभियानलाई अमेरिकी पक्षले ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ। यसले इरानको सैन्य पूर्वाधार, हवाई रक्षा प्रणाली, साथै मिसाइल र ड्रोन प्रक्षेपण स्थलहरूलाई लक्षित गरेको बताइएको छ। अमेरिकाले यस कारबाहीलाई “आफ्ना नागरिक र क्षेत्रीय स्थायित्व रक्षा गर्ने प्रयास”को रूपमा वर्णन गरेको छ।
प्रारम्भिक आक्रमणपछि सयौँ इरानी मिसाइल र ड्रोनले जवाफी हमला गरेका छन्। तर अमेरिकी सेनामा यस आक्रमणमा कुनै मानवीय क्षति नभएको जानकारी पनि दिइएको छ।
यसै क्रममा, यस हमलामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको जानकारी प्रकाशित भएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया