एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा सैन्य प्रतिकार नगर्न चेतावनी दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानले अहिलेसम्मकै सबैभन्दा कडा आक्रमणको तयारी गरिरहेको जानकारी आफूले पाएको बताएका छन्।
ट्रम्पले लेखेका छन्, ‘इरानले आजसम्मकै निकै कडा हमला गर्ने बताएको छ। तर उनीहरूले त्यस्तो कदम चाल्नु हुँदैन।’
उनले इरानले आक्रमण गरेमा अमेरिकाले अत्यन्त शक्तिशाली ढंगले जवाफ दिने चेतावनी पनि दिएका छन्। ‘यदि इरानले आक्रमण गर्यो भने हामी उनीहरूलाई पहिले कहिल्यै नदेखिएको शक्तिसहित प्रतिकार गर्नेछौँ,’ ट्रम्पले उल्लेख गरेका छन्।
यसैबीच, इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको निधनपछि देशभर शोकको वातावरण छ। इरानी राष्ट्रपतिले सर्वोच्च नेताको हत्याको प्रतिकार कडाइका साथ गरिने चेतावनी दिएका छन्।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया