काठमाडाैं   । नेपाली कांग्रेसका नेता सभापति पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत प्रत्यक्ष र समानुपातिक दुवै मत पत्रमा रुख चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेका हुन् ।

“यही फागुन २१ गते प्रतिनिधिसभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्दछ, यसका लागि हाम्रो माग तथा शुभकामना छ”, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, “यो निर्वाचनमा म उम्मेदवार किन हुँदै छैन, त्यसका कारण मैले गत माघ ६ गतेको दिन बिहान सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु ।”

advertisement

नेता खड्काले यही फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानु भई प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा रुखमा स्वस्तिक छापको लालमोहर लगाई कांग्रेसलाई विजयी गराउन अनुरोध गरेका छन् ।

  • रासस

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com