तेहरान । इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको हत्या पछि इरानले अमेरिकी भूमिमा आतङ्कवादी आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। यो जानकारी अमेरिकी सञ्चारमाध्यम सीएनएनमा प्रकाशित समाचारअनुसार एक इरानी गुप्तचर विश्लेषकले दिएको हो।

सीएनएनका प्रमुख गुप्तचर विश्लेषक जोन मिलरले विगतमा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाउने प्रयास गरेको घटनालाई उद्धृत गर्दै हालको अवस्था निकै संवेदनशील रहेको बताएका छन्। उनका अनुसार ट्रम्प पुनः निर्वाचित हुनुअघि इरानी शासनले केही अमेरिकी व्यक्तित्वलाई निशाना बनाउने प्रयास गरेको भए पनि व्यापक स्तरको आक्रमण योजना कहिल्यै बनाएको थिएन।

advertisement

‘त्यो एउटा सीमा थियो, जसलाई उनीहरूले कहिल्यै पार गर्न चाहेनन्,’ मिलरले बताएका छन्।

अमेरिकी अधिकारीहरूले इरानले आफ्नो आलोचक मसिह अलिनेजाद, ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टन र ट्रम्प स्वयंलाई लक्षित गर्ने योजना अघि बढाएको भए पनि ती प्रयासहरू समयमै विफल भएको जनाएको छ।

मिलरका अनुसार अहिले सम्भावित खतरा फरक प्रकृतिको हुन सक्छ। ‘अब यस्तो योजना देखिन सक्छ, जसले ठूलो संख्यामा मानिसलाई चोट पुर्‍याउने उद्देश्यसहित कुनै स्थानमा आक्रमण गर्ने सम्भावना समेट्छ। जब अवस्था कठिन हुन्छ, त्यसको उपाय पनि कठोर हुन्छ,’ उनले भने।

उनले थपे, ‘आक्रमणको मोडमा सबैभन्दा खतरनाक जनावर घाइते जनावर हो। अहिले इरान त्यस्तै अवस्थामा छ, जससँग गुमाउन धेरै बाँकी छैन।’

विश्लेषकहरूका अनुसार हालको परिस्थितिमा इरानको रणनीति र जवाफ अत्यन्तै जोखिमपूर्ण हुन सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com