एजेन्सी । पाकिस्तानको कराँचीस्थित अमेरिकी कन्सुलेट नजिक भएको प्रदर्शनमा झडप भई कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
स्थानीय उद्धार संस्था एदी फाउन्डेसनका अनुसार प्रदर्शन उग्र बन्दै हिंसात्मक मोडमा पुगेको थियो। प्रदर्शनकारीहरूले अमेरिकी कूटनीतिक नियोगतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले भीड नियन्त्रण गर्न हस्तक्षेप गरेको थियो, जसका क्रममा झडप भएको र धेरै व्यक्ति घाइते भएका हुन्।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थानीय अधिकारीहरूले अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जानकारी दिएका छन्। प्रदर्शन इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र शीर्ष सैन्य कमाण्डरहरूको हत्या बिरुद्ध भएको बताइएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया