काठमाडौं । काठमाडौँको चाबाहिल बाट पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो ले शुक्रबार पक्राउ गरेको र उनीहरूको साथबाट ९ एमएम पेस्तोल एक थान र ३०१.४९० ग्राम एम्फेटामाइन बरामद भएको जनाएको छ।
पक्राउ पर्नेमा टकबहादुर गुरूङ (५३) र दिलबहादुर गुरूङ (७०) रहेका छन्। टकबहादुर गुरूङ तनहुँको बन्दिपुर गाउँपालिका-४ घर भएका हुन् र हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-४ बस्दै आएका छन्। दिलबहादुर गुरूङ भने बन्दिपुर गाउँपालिका-७ घर भएका हुन् र टोखा नगरपालिका-८ बसोबास गर्दै आएका छन्।
प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी का अनुसार, दिलबहादुर गुरूङ २०७२ माघ १९ गते लागुऔषध चरेश मुद्दामा पक्राउ परेका थिए र चार वर्ष कैद तथा ८० हजार जरिवाना तिरेर छुटेका थिए।
उनीहरूविरुद्ध लागुऔषध कसुरमा काठमाडौँ जिल्ला अदालतले सात दिन म्याद थप गर्दै अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया