काठमाडौं । आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न ओमप्रकाश अर्याल सुदूरपश्चिम पुगेका छन्।

आइतबार हेलिकप्टरमार्फत बझाङ पुगेका मन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै निर्वाचन तयारी र व्यवस्थापनको विवरण लिएका थिए। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरी निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरिने बताएका छन्।

advertisement

मन्त्री अर्यालका अनुसार विगतका निर्वाचनमा देखिएका धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि यसपटक दोहोरिन नदिइनेछ। बझाङको भौगोलिक विकटता र विगतमा देखिएका राजनीतिक जटिलतालाई ध्यानमा राख्दै सुरक्षा रणनीति मजबुत बनाइने उनले स्पष्ट पारे।

निर्वाचनविरुद्ध गतिविधि गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै उनले राष्ट्रसेवक कर्मचारी, मतदाता, उम्मेदवार वा कार्यकर्ताले पनि कानुन उल्लङ्घन गरे कानुनी दायरामा ल्याइने बताए।

संवाद र समन्वयमार्फत सम्भावित समस्या समाधान गर्ने प्रयास गरिने उल्लेख गर्दै उनले आवश्यक परे नियन्त्रणमा लिन पछि नहट्ने बताएका छन्। साथै, सबै सरोकारवाला पक्षलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com