काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा. शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन्।
नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन्। कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
त्यसैगरि बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोस साह लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया