काठमाडौं । सामाजिक सञ्जाल (टिकटक)मा भ्रामक सूचना फैलाएको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षीय प्रकाश भट्ट रहेका छन्। उनले टिकटकमा ‘झापामा बालेन शाह माथि गोली प्रहार’ भन्ने भ्रामक पोस्ट गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई का अनुसार आरोपीलाई शुक्रबार काठमाडौँ महानगरपालिका–५ स्थित डबली चोकबाट पक्राउ गरिएको हो।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया