काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई थुनामा राखी मुद्दाको पुर्पक्ष पूरा गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

गत फागुन १० गते विशेष अदालतले भ्रष्टाचार मुद्दामा ७८ लाख रुपैयाँ बिगो कायम गर्दै रन्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। अख्तियारले उक्त आदेशलाई कानुनी आधारविहीन रहेको दाबी गर्दै अदालतमा बदरको माग गरेको हो।

advertisement

अख्तियारले बुधबार सर्वोच्च अदालतमा बुझाएको निवेदनमा भनिएको छ कि रन्जिता श्रेष्ठमाथि लागेका आरोप र बिगो रकमलाई मध्यनजर गर्दै उनलाई थुनामा राखेर न्यायिक प्रक्रिया अगाडि बढाउनु आवश्यक छ।

यो भ्रष्टाचार मुद्दामा रन्जिता श्रेष्ठसहित अन्य व्यक्तिहरू पनि संलग्न रहेको उल्लेख छ। अख्तियारले असोज २२, २०८२ मा विशेष अदालतमा ७८ लाख रुपैयाँ बिगोसहित आरोपपत्र दायर गरेको थियो।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com